+
+
Shares

सिटिजन्सको मर्जर प्राथमिकतामा विकास बैंक र फाइनान्स कम्पनी

तीन वर्षमा उत्कृष्ट १० भित्र पर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते २०:१७

२० माघ, काठमाडौं । सिटिजन्स बैंकले साना बैंक तथा वित्तीइ संस्थाहरुलाई गाभेर वलियो बन्ने रणानीति बनाएको छ । बैंकको नाम तथा लोगोमा परिवर्तन नआउने गरी मर्जर रणनीति बनाएको बैंकले जनाएको छ । कुनै अर्को वाणिज्य बैंकमा गएर सिटिजन्स विलय नहुने बैंकले बताएको छ ।

‘हामी लामो समय सिटिजन्स बैंकको हालकै नाम र लोगो रहिरहोस भन्ने चाहान्छौंँ, हाम्रो प्राथमिकतामा विकास बैंक तथा फाइनान्स कम्पनीहरुहरु हुनेछन्’ मंगलबार सचारकर्मीहरुसँग कुरा गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘बैंकले सबल अनि उत्कृट बैंक बन्नका लागि साना तथा मझौला आकारका बैंक वित्तीय संस्थालाई विलय गराउँदै जाने रणनीति बनाएको छ ।’

सिटिजन्सले अहिले लुम्बिनी प्रदेशको वलियो मध्येको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दैछ । बैंकको रणनीति अनुसार नै उक्त प्राप्ति भएर चाडै एकिकृत कारोबार शुरु हुने उनले जानकारी दिए ।

बैंकले तीन वर्षम उत्कृष्ट १० मा पर्ने रणानीतिका साथ बैंकले काम गरिरहेको समेत उनले बताए । ‘हामी ग्राहको विस्वास जित्दै तीन वर्ष भित्र टप टेनमा पुग्छौं, अहिले पनि हाम्रा सूचकहरु निकै राम्रा छन्’ उनले भने । बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत उमंश शर्माले लगानीकर्तालाई दोहोरो अंकमा लाभांश दिने समेत बताइन् ।

उनले बैंकले सेवालाई नै प्राथमिकतामा राखेको भन्दै ग्राहक र लगानीकर्ताहरुको मन जित्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?