Comments Add Comment

लुम्बिनी क्षेत्रका ७ वटा तलाउको नामकरण

२१ माघ, सिद्धार्थनगर । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उहाँले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए ।

उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ । डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए ।

विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment