Comments Add Comment

अमेजनका सीईओबाट हटे बेजोस

२१ माघ, काठमाडौं । जे बेजोस अमेरिकी ई–कमर्स कम्पनी अमेजनको सीईओबाट हटेका छन् । बेजोसले आफू अब कम्पनीको कार्यकारी अध्यक्ष बन्ने बताएका छन् । यससँगै आफूले अन्य व्यवसायमा ध्यान दिन थप समय पाउने बताएका छन् ।

अब अमेजनको सीईओ कम्पनीको क्लाउड कम्युटिङ बिजनेस हेरिरहेका एन्डी जेसी बन्नेछन् । यद्यपि यो परिवर्तन सन् २०२१ को उत्तरार्धमा मात्र लागू हुनेछ । ‘अमेजनको सीईओ बन्नु निकै ठूलो जिम्मेवारी हो र यसमा धेरै समय दिनुपर्ने हुन्छ । तपाईंले यस्तो जिम्मेवारी लिनुहुन्छ भने अन्य कुरामा ध्यान पुर्‍याउन निकै गाह्रो हुन्छ’, आफ्ना कर्मचारीहरुलाई लेखेको पत्रमा बेजोसले भनेका छन् । बेजोसले कार्यकारी अध्यक्षको रुपमा रहँदा आफू अमेजनको प्रमुख गतिविधिहरुमा पनि संलग्न हुने र अन्य कार्यक्रमहरुमा पनि संलग्न हुने मौका पाउने बताएका छन् । साथै आफ्नो शोख पूरा गर्ने समय पनि पाउने उनको भनाइ छ ।

सन् १९९४ यता बेजोसले अमेजनको सीईओको रुपमा काम गर्दै आएका छन् । अहिले अमेजनमा विश्वभर १३ लाख मानिसहरुले काम गर्दै आएका छन् । फोब्र्सका अनुसार बेजोसको सम्पत्ति एक खर्ब ९६ अर्ब डलर छ । सन् २०२० मा अमेजनले तीन खर्ब ८६ अर्ब डलरको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो ३८ प्रतिशत धेरै हो । उक्त अवधिमा कम्पनीको नाफा पनि झण्डै दोब्बर हुँदै २१ अर्ब ३० करोड डलर पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment