Comments Add Comment

नयाँ ब्रोकर लाइसेन्स दिन लगानीकर्ताको माग

२१ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा सक्रिय पुँजी बजारका लगानीकर्ताहरुले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिनु पर्ने माग राखेका छन् । प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटी प्रदेश स्तरमा सेवा दिने गरी नयाँ लाइसेन्स दिनु पर्ने माग अघि सारेका हुन् ।

लगानीकर्ताहरुले पुँजी बजारको विकास र विस्तारका लागि ६ बुँदे माग अघि सारेका छन् । लगानीकर्ताहरुले प्रदेश स्तरमा ब्रोकर कम्पनीको लाइसेन्स दिनु पर्ने, वाणिज्इ बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु पर्ने साथै पुँजी बजारको नियामक निकाय नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत संघीय संरचनामा लैजानु पर्ने भन्दै अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी पूर्ण स्वचालित अनलाइन कारोबारको व्यवस्था मिलाउने, वित्तीय विवरण र साधारण सभा समयमा नै नगर्ने कम्पनीहरुलाई कारबाही हुनुपर्ने साथै लिलामी सेयर खरिद गर्न समेत अनलाइन प्रणालीको व्यवस्था गर्नुपर्ने लगानीकर्ताहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment