Comments Add Comment

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कल्यानपुर भेडीयामा

२१ माघ, काठमाडौं । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा श्ााखारहित बैंकिङ्ग सेवाको सुरुआत गरेको छ । सो श्ााखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको श्ााखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ ।

बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द्र शाहलाईर् नियुक्त गरेको छ ।

एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका सिराहाका अध्यक्ष रामचन्द्र ठाकुर, वडा नं.७ का अध्यक्ष रामकुमार श्रेष्ठ र बैंकका प्रदेश नं २ का प्रमुख रोहितकुमार महासेठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंकका मिरचैया शाखाका शाखा प्रबन्धक र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि श्ााखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment