Comments Add Comment

यस्तो छ उपत्यकामा बन्दको प्रभाव

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ ।

उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सोही अनुरुप काठमाडौंबाट प्रहरीले ७६ र भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न ठाउँमा रहेको प्रहरी कार्यालयमा राखिएको छ ।

बिहीबार एकाबिहानै सामाखुशीमा अज्ञात समूहले प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको छ । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार बिहान साढे ६ बजे भएको आगजनीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।

प्रदर्शनकारीले ठाउँठाउँमा सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।

तस्वीरहरूः विकास श्रेष्ठ/ चन्द्र आले/आर्यन धिमाल-अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment