Comments Add Comment

‘धुर्मुस–सुन्तली’को ‘म त मर्छु कि क्याहो’

चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष भएको छ । यो चलचित्रमा कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका थियो । चलचित्रले हलमा दर्शक भने तान्न सकेन । तर, अब सिताराम र कुञ्जना फेरि पर्दामा फर्किने तयारीमा छन् । तर, यसपटक उनीहरु सानो पर्दामा दर्शकलाई मनोरञ्जन दिने तयारीमा छन् ।

सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ ।

यो बिषयमा सितारामले भने–‘हामीले २ घन्टा १० मिनेट लामो कथा खिचेका छौ । अहिले नै यसलाई वेव सिरिज वा फिल्म कुन रुपमा प्रदर्शन गर्ने भन्ने तय भएको छैन । यसको सम्पादन सकिएको छ । सबै हेरिसकेपछि निर्णय लिन्छौ ।’
सितारामले यसलाई ओटीटी प्लेटफर्मबाट पनि रिलिज गर्न सकिने बताए ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment