Comments Add Comment

१८० वर्षसम्म बाँच्ने उपाय खोज्दै अमेरिकी करोडपति

जो कोही मानिस दीर्घायू बन्न चाहन्छ । बढीभन्दा बढी उमेरसम्म बाँच्ने चाहना सायद सबैको हुन्छ । दीर्घायू र स्वस्थ रहनका लागि मानिसले आहार विहार तथा व्यायामलगायतका धेरै कुरामा समय खर्चिरहेको हुन्छ । तर यति गर्दा पनि मानिसको आयु त निश्चित हुन्छ । सय वर्ष सम्म बाँच्ने मानिस कमै हुन्छन् ।

तर अमेरिकाका एकजना करोडपतिले चाहिँ १८० वर्षसम्म बाँच्न सकिने अचुक उपाय पत्ता लगाएको दाबी गरेका छन् ।

प्रविधि क्षेत्रका करोडपछि डेभ एस्प्रेले आफुले अपनाउने जीवनशैली तथा उपचारका कारण कम्तिमा पनि आफू सन् २१५३ सम्म बाँच्ने दाबी गर्दछन् ।

यसका लागि उनले बायो ह्याकिङ्ग नामक शब्द नै प्रतिपादन गरेका छन् । यसले शरीरको जैविक घडीलाई पछाडि फर्काउनेछ । यसमा उनको पुरानो बोन म्यारो हटाएर नयाँ स्टेम कोष प्रत्यारोपण गरिनेछ । यसको लागि एक शल्यक्रियाकै २५ हजार अमेरिकी डलर लाग्नेछ ।

यसका साथै १८० वर्ष बाँच्ने प्रयासमा उनले अहिले नै आफ्नो दिनचर्यामा पनि विभिन्न खालका परिवर्तन ल्याएका छन् । उनी समय समयमा उपवास बस्दछन् । दैनिक साइकल चलाउँदछन् । गहिरो निद्रा पनि लिन्छन् र समय समयमा कोल्ड थेरापीमा समेत संलग्न हुन्छन् ।

उपवास गर्नाले सरीरमा ऊर्जा महसुस हुने उनको अनुभव छ । त्यसले जीउको वजनसमेत सन्तुलित बनाउने हुनाले स्वास्थ्यका लागि लाभदायी हुने उनी बताउँछन् ।

किन १८० वर्षसम्म बाँच्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म उत्सुक छु । मलाई लाग्छ कि यो दुनियामा धेरै त्यस्ता चिजहरु छन् जसलाई हामी सुधार गर्न तथा सच्याउन सक्दछौँ । र, मलाई यस्तो अनूभुति हुन्छ कि मैले यस्तो अहिलेसम्म गर्न भ्याइसकेकै छैन ।’

अहिलेसम्म उनले आफ्नो उपचार प्रविधिमा १० लाख डलर खर्च गरिसकेका छन् । उनले स्टेम कोष प्रत्यारोपण पनि गरिसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment