Comments Add Comment

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा प्रहरीले लाठी प्रहार गर्नुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता तथा कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment