+
+

‘फिल्म स्टडिज’का लागि ओस्कार कलेजले विशेष छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १६:०६

निर्देशन, अभिनय, सिनेम्याटोग्राफी, साउन्ड डिजाइनरदेखि सिनेमाको कुनैपनि क्षेत्रमा करियर बनाउन चाहनेहरुले अहिले विशेष कोर्स गर्न सक्छन् । खासगरी ओस्कार कलेज अफ फिल्म स्टडिजले त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा ‘फिल्म स्टडिज’को विशेष पठन–पाठन गराइरहेको छ । त्रिवीको सम्बन्धनमा सिनेमा सम्बन्धी पढाई हुने नेपालको एकमात्र कलेज हो यो ।

यही कलेजले यस शैक्षिक सत्रमा २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । आर्थिक समस्याकै कारण सिनेमा सम्बन्धी अध्ययन गर्न चाहनेहरुको लक्ष्य थाँती नरहोस् भनेर कलेजले विशेष छात्रवृत्तिको व्यवस्था गरेको प्रिन्सिपल एवं निर्देशक विनोद पौडेलले बताए । ‘सिनेमा क्षेत्रमा राम्रो संभावना भएका युवाहरु थुप्रै छन्, जो आर्थिक लगायतका कारणले औपचारिक अध्ययन गर्न सकिरहेका हुँदैनन्’ पौडेल भन्छन्, ‘त्यस्ता सिर्जनसिल जनशक्तिलाई होस्टेमा हैसे गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो ।’

यस अन्तर्गत २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ दिइनेछ । त्यसैगरी चार जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ दिइने प्रिन्सिपल पौडेलले बताए । ‘कोभिड स्कलरसीप अवार्ड पाउनेहरु विद्यार्थीलाई चार बर्षको अवधिमा विभिन्न आर्थिक सहयोग दिइनेछ’ पौडेल भन्छन्, ‘यसैगरी फिल्म एन्ड मिडियो प्रोफेसनल स्कलरसीप अवार्ड पाउनेहरुले कुल खर्चको पचास प्रतिशत छुट प्राप्त गर्नेछन् ।’

त्रिवीको कोर्सलाई ओस्कार कलेजले प्रयोगात्मक ढंगले पठन पाठन गराउँदै आएको छ । अध्ययनका क्रममा विद्यार्थीले यसको शैद्धान्तिक ज्ञान त हासिल गर्ने नै छन्, साथसाथै सिनेमा निर्माणको प्रयोगात्मक अभ्यास पनि गर्न पाउनेछन् । प्रयोगात्मक अभ्यासका लागि कलेजमा स्टुडियो एवं ल्याब र आवश्यक उपकरण पनि उपलब्ध छन् ।

त्यसो त नेपाली चलचित्र क्षेत्रमा अहिले शैक्षिक योग्यता हासिल गरेका जनशक्ति बढ्दो छ । देश-विदेशमा फिल्म स्टडिजको कोर्स गरेर आएका नयाँ पुस्ताले चलचित्रमा नयाँ–नयाँ अभ्यास पनि गरिरहेका छन् । पौडेल भन्छन्, ‘सिनेमा क्षेत्रमै करियर बनाउन चाहनेहरुलाई आधारभूत शैद्धान्तिक र व्यवहारिक ज्ञानको प्राप्त गर्नेछन् ।’

१६ बर्षअघि स्थापना भएको ओस्कार कलेजमा पठन–पाठन गरेका थुप्रै विद्यार्थी अहिले नेपाली सिनेमामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?