
२२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको विरोध गर्दै ओली समूहका कार्यकर्ताहरुले सुर्खेतमा मोटरसाइल र्याली निकाले छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगर बजारमा उनीहरूले बिहीबार आमहड्तालविरुद्ध विरोध र्याली निकालेका हुन् ।
प्रचण्ड–माधव समूहले बन्दहड्ताल गरेर जनतालाई दुःख दिएकाले बन्दको विरोधमा र्याली निकालिएको ओली समूह निकट अनेरास्ववियूका केन्द्रीय सदस्य पदम खड्काले बताए ।
‘आमहड्ताल गरेर नागरिकलाई दुःख दिने काम गरियो । यस्तो खाल्को बन्दको औचित्य छैन भन्ने सन्देश दिन विरोध स्वरुप मोटरसाइकल र्याली निकालेका हौं,’ उनने भने । उनीहरुले ‘बन्द गर्न पाइँदैन’, ‘विद्यार्थीलाई पढ्न देऊ’, जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4