Comments Add Comment

पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

२३ माघ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) का कारण थला परिसकेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल सुरु गरेको हो ।

यो समितिले प्रदेशको सबै जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गर्दै प्रचार प्रसार गर्नेछ । पर्यटकीय क्षेत्रको भिडियो नै बनाएर देशभर प्रचार प्रसारमा ल्याउने समितिका सहसंयोजक मोहन शर्माले बताए ।

प्रदेशमा धेरै नै पर्यटकीय क्षेत्र भएपनि ओझेलमा भएको र प्रमुख गन्तव्यहरु पनि कोरोनाकालमा ओझेलमा परेकाले आफूहरुले यो अभियान सुरु गरेको समितिका सदस्य शैलेश चौधरीले जानकारी दिए ।

यो अभियानको सप्तरीबाट प्रारम्भ गरिएको छ । कंचनरुप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी यो अभियानको शुभारम्भ गरिएको हो ।

अभियानको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटकीय क्षेत्रको विकास नभएसम्म होटल सञ्चालन गर्न कठिनाइ हुने बताए । उनले होटल व्यवसायीलाई ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै नयाँ होटल खोल्नेलाई प्रदेश सरकारले करसम्मको छुट दिने बताए ।

समितिका अर्का सहसंयोजक बिष्णु साहले सबै जिल्लामा सरोकारबालासँग परिचयात्मक कार्यक्रम राख्दै अभियानलाई अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment