
२४ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
तस्वीर : चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4