
२४ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
योसँगै उपचारपछि निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ । नेपालमा निको हुने दर भने ९८ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर एक हजार ९५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९५ जना क्वारेन्टिनमा र एक हजार ९५९ जना आइसोलेशनमा छन् ।
हालसम्म नेपालमा २० लाख ९१ हजार १६६ को पीसीआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३५ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4