Comments Add Comment

प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ

२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव समूह) निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदैछन् ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका हुन् ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताए । उनले भने, ‘सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना छ । हामी समय मिलाउने प्रयासमा छौं ।’

अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटन भएको विरोधमा तेस्रो चरणका आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment