+
+
Shares
भागरथी हत्या प्रकरण :

कांग्रेस महिला विभागले भन्यो-अनुसन्धानमा कुनै लापरबाही नगरियोस् 

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १४:४४

२५ माघ, काठमाडौं । नेपाली कांग्रेस महिला विभागले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महिला विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरि स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भर्त्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ ।’

घटनाबारे सत्यतथ्य बुझ्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी केन्द्रीय महिला बिभागका सदस्य राधिका सिहंलाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?