Comments Add Comment

प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

२५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो ।

नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट (घृणा) गरेका हौं’, अखिलका नेता आरती लामाले भनिन् । यो समूहले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नारा लगाउने गरेका छन् ।

केही दिनअगाडि प्रधानमन्त्री ओलीका समर्थकले ‘केपी ओली, आई लभ यू’ नारा लगाएका थिए ।

हनुमानस्थानमा प्रदर्शन गरेपछि अखिलले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । संसद् विघटनदेखि राज्य शक्तिको दुरुपयोगसम्मको विरोध जनाउँदै विरोध पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment