+
+
Shares

सरकारले यौन हिंसा नियन्त्रणलाई प्राथमिकता दिएन : जसपा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १७:११

२५ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्याका घट्ना बढेको निष्कर्ष निकालेको छ ।

त्यसैको पछिल्लो सिलसिला १७ वर्षीया भागरथी भट्टको हत्या भएको जसपाले जनाएको छ । ‘राज्य शान्ति सुरक्षा प्रत्याभूत गर्न चुकेको, आपराधिक तत्वहरू दण्डहिनताले उत्साहित भएको र सरकारले यौनजन्य हिंसा विरुद्धको पूर्व उपायलाई प्राथमिकतामा नराखेको प्रष्ट गर्दछ’ जसपा सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यालयबाट घर फर्कँदै गर्दा हत्या गरिएकी दोगडोकदार–७, बैतडीकी भट्टको हत्या घट्नाको तदारुकतापूर्ण अनुसन्धान गर्न, दोषीलाई हदैसम्मको कारबाही गर्न र पीडितलाई न्याय दिन जसपाले आग्रह गरेको छ । उसले भनेको छ, ‘अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको ढिलाइ, लापरबाही वा हेलचक्रयाई पार्टीलाई सैह्य हुने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?