Comments Add Comment

चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सक्रिय संmक्रमितको संख्या घट्नुले कोरोनाको पहिलो लहर सकिएको निश्कर्ष निकाल्न सकिने बताउँछन् । उनले दैनिक परीक्षण पनि कम भएको बताए । कुनै बेला चितवनमा सक्रिय संक्रमितको संख्या झण्डै दुई हजार थियो ।

चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल भरतपुरमा स्वाब परीक्षण हुँदै आएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४१ पुगेको छ ।

६ हजार ५ सय ५४ जना निको भएका छन् । संक्रमित महिला २७ सय ४२ र पुरुषको संख्या ३९ सय ९६ छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४८ सय ५६ जना र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा ४० जना छन् । जिल्लामा कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment