Comments Add Comment

जति उमेर बढ्छ, उति जवान !

प्रकृतिको नियम, जति उमेर बढ्दै जान्छ उत्तिनै जीवनको रंग उड्दै जान्छ । उमेरको एउटा चरण पछि मान्छे बुढ्यौलीतर्फ ढल्कन्छ । तर, सबैको हकमा यस्तो नहुने रहेछ । बलिउड सेलिब्रेटीलाई नै हेरौं न, जति जति उमेर बढ्दै जान्छ, उनिहरु उत्तिनै जवान देखिन्छ । जस्तो सलमान खान । उमेरको हिसाब किताब गर्ने हो भने उनी ५५ बर्ष पुगे । हाम्रो हिसाबले यो उमेरमा मान्छे सक्रिय जीवनबाट अवकास लिने उमेर हो ।

तर, सलमान खान यो उमेरमा पनि उत्तिकै तगडा छन् । उत्तिकै सक्रिय छन् । बीबी हो तो ऐसी शीर्षकको फिल्मबाट करियर थालेका उनी मैने प्यार कियाबाट एकाएक चर्चामा आए । दबंग ब्वाई सलमानको पोल्टामा दर्जनौं सुपरहिट फिल्म छन् । करियरको यो लामो दौडमा उनी अझै उस्तै छन्, उत्तिकै आकर्षक छन् । अझ, करियरको पूवद्र्धमा भन्दा बढी योङ र स्मार्ट देखिन्छन् उनी ।

६४ बर्षिय अनिल कपुरले सुरुवाती दिनमा सानोतिनो रोलमा चित्त बुझाए । उनले केहि फिल्ममा साइड रोल गरे । वो सात दिन नामक फिल्मबाट भने मूख्य भूमिकामा देखा परे । थुप्रै सुपरहिट फिल्म दिएका अनिल अहिले पहिला भन्दा बढी स्मार्ट देखिन्छन् ।

५३ बर्षिय माधुरीले सन् १९८४ मा अबोध नामक फिल्मबाट बलिउड डेब्यु गरेकी हुन् । यसका साथै उनले तेजाब, दिल तो पागल है, दिल, साजन जस्ता केहि हिट फिल्म दिएकी छिन् । उनलाई राम्ररी नियाल्ने हो भने, विगतमा जस्तै उनी अझै आकर्षक देखिन्छिन् ।

५३ बर्षिय अक्षयले आज नामको फिल्मबाट सिल्भर स्क्रिनमा प्रवेश गरेका थिए । यद्यपी त्यसका उनेको रोल केवल ७ सेकेन्डको थियो । सौगन्धबाट भने उनी लिड रोलमा देखिए, जो फ्लप भयो । १९९२ मा प्रदर्शनमा आएको फिल्म खिलाडीले भने उनलाई बलिउडमा खिलाडी नै बनायो । त्यसपछि दर्जनौ हिट फिल्म दिएका उनी विगतको भन्दा बढी स्मार्ट देखिन्छन् ।

अरबाज खानसँग दाम्पत्य जीवन तोडेकी मलाईकाले मोडलिङबाट करियर सुरु गरेकी थिइन् । १९९८ मा सार्वजनिक भएको फिल्म दिल सेको छैया छैया गीतबाट उनी चर्चामा आइन् । त्यसपछि उनले थुप्रै आइटम नम्बर गरिन् । करियरको पूवाद्र्धमा भन्दा मलाईका अहिले बोल्ड देखिन थालिएको छ ।

काजोल ४६ बर्षकी भइन् । उनले बेखुदी नामक फिल्मबाट करियर थालेकी थिइन् । १९९३ मा प्रदर्शित फिल्म बाजिगरले उनको राम्रो चिनारी बनाइदियो । सुरुवाती दिनभन्दा पछिल्लो समयमा उनी थप स्मार्ट एवं बोल्ड देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment