Comments Add Comment

सामसङको ‘ग्यालेक्सी एस२१’ सिरिजको बिक्री सुरु

सामसङ नेपालले एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरुको बिक्री सुरू गरेको छ ।बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने छ ।

ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा उपलब्ध भएका विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी इपिक एक्सपिरियन्स प्रदान गर्ने छन् ।

नयाँ एस २१ सिरिज मा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेका छन् ।

यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु रहेका छन् । सामसुङ ग्यालेक्सी एस २१, एस २१ प्लासमा प्रो-ग्रेड क्यामरा तथा नयाँ एस २१ अल्ट्रामा उपल्लो तहको विशेषताहरु रहेका छन् । यसमा एडभान्स प्रो ग्रेड क्यामरा तथा इन्टलिजेन्ट डिस्प्ले रहेको छ ।

‘सामसङ एस २१ सिरिजको पि्र बुकिङ्गमा भएको उल्लेखनीय सहभागीता एवं प्रतिकृयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ, यस सहभागीता एवं सकारात्मक प्रतिकृयाको लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाा आयाम थपेका छौं । नयाँ एस २१ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो । प्रयोगकर्ताहरुको दैनिक जिवनलाई अझै सहज एवं समृद्ध बनाएको छ र प्रयोगकर्ताहरुले के चाहनुहुन्छ त्यो भन्दा अझै बढी प्रदान गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।

आकर्षक डिजाइन एवं स्टाइल

ग्यालेक्सी एस २१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोन भन्दा पृथक बन्न पुगेको छ । एस २१ सिरिज सबै तीन स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ्ग एस्थेटिक्सको साथ उपलब्ध रहेको छ ।

ग्यालेक्सी एस २१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६.८ इन्च डिस्प्लेको प्रदान गरिएको छ । यसले इन्टलिजेन्ट, एज टु एज डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी-ओ डिस्प्ले, सहज सक्रालिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागिएडप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडी प्ल डिस्प्ले रहेको छ । एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा आँखालाई थकान अनुभव नहुने विशेष आई कम्र्फट सिल्ड पनि रहेको छ ।

एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा लुक्स एवं जीवन्त अनुभवका लागि उत्कृष्ट फिनिसिङ्ग गरिएको छ । आकर्षक आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, फान्टम भ्वोइलेट रंग समायोजन गरिएको छ । साथै एस२१ अल्ट्रा पनि एक परिष्कृत एवं टाइमलेस लुक्सलाई समेटेको छ । यसका प्यान्थम ब्ल्याक तथा तथाप्यान्थम सिल्भर दुई रंगहरु मा उपलब्ध छन् ।

उत्कृष्ट एवं जीवन्त क्यामरा एवं भिडियो अनुभव

सबै नयाँ ग्यालक्सी एस सीरीजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । जसले प्रत्येक सटहरु विशेष शटका रुपमा लिन मद्दत गर्दछ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लसएआई द्वारा संचालित टि्रपल-लेन्स प्रो-ग्रेड क्यामेराको साथ उपलब्ध छ जसले रचनात्मक नियन्त्रण प्रदान गर्दछ ।

एआई संचालित क्यामेराले विषयवस्तुलाई सहज रूपमा आँकलन गर्दछ र दृश्यअनुसार आफूलाई समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई जस्तो सुकै अवस्थामा पनि सही शटहरू लिने स्वतन्त्रता प्रदान गर्न मद्दत गर्दछ । यो सुधारिएको स्पेस जुम फिचरको साथ पनि उपलब्ध छ जुन हल्लिएको हातहरूको असरलाई न्यून गर्दछ र ३० एक्स को जुमको साथ स्पष्ट फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

एस२१ अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ जुन जस्तोसुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक, स्टुडियोको जस्तै गुणस्तरीय तस्वीरहरू क्याप्चर गर्न सकिन्छ । यसले क्वाड रियर क्यामेरा -अल्ट्रा-वाइड, वाइड र डुअल टेलि-लेन्सहरू) उपलब्ध रहेको छ । जुन अपग्रेड गरिएको १०८ एमपि क्यामेरा साथ आउँदछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ विट ज्म्च् फोटो तथा ३ गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ । एस २१ अल्ट्रा १०० एक्स स्पेस जुुमको साथ पनि आउँदछ जुन सामसङकको पहिलो ड्युअल-टेलि लेन्स सिस्टमद्वारा संचालित हो । यसमा भएको इम्प्रुभ्ड ब्राइट नाइट सेन्सरले प्रयोगकर्तालाई कम लाइटको अवस्थामा पनि उत्कृष्ट एवं उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ ।

यस सिरिजमाा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर एक्सीनोस २१०० को प्रयोग गरिएको छ । नयाँ ग्यालेक्सी एस२१ सिरिज स्मार्टफोनले प्रयोगकर्तालाई नेक्स्ट जेनेरेसन कार्य क्षमता प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरूलाई सम्पूर्ण ग्यालेक्सी इकोसिस्टममा पहुँच प्रदान गर्दछ । यसमा फोनमा अत्याधुनिक चिपसेट तथा स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्शन तथा अन डिभाइस एआइ लाई सपोर्ट गर्दछ । त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड तथा गेमिङ्ग म्याराथोन तथा इडिट भिडियो जस्ता कार्यहरु सहजै सम्पादन गर्न सकिन्छ ।

त्यसैगरी एस २१ अल्ट्रा फोन मा उच्चस्तरीय ५ एमएमको नानो चिपसेटको समायोजन गरिएको छ । यसले गर्दा उत्कृष्ट कम्प्युटिङ्ग क्षमता, उच्चस्तरीय इनर्जी इफिसियन्सी तथा उच्चस्तरीय स्पीड प्राप्त गर्न सकिन्छ । एस २१ अल्ट्रा फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज सहजै गर्न सकिन्छ ।

सामसङको नक्स भल्टद्वारा अझै सुरक्षित गरिएको छ । यसमा आफ्नै प्रायरिटी चिपेस्ट लेभलसेक्युरेटि प्ल्याटर्फम, टाम्पर रेजिस्टेन्ट सेक्युएर मेमोरी, सामसङ नक्स भल्टले क्द्दज्ञ लाई अतिरिक्त सुरक्षा प्रदान गरेको छ ।

यो सिरिजमा प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक सुरक्षाको लागि नयाँ टुल्सहरुको प्रयोग गरिएको छ । यो सिरिजमा, प्रयोगकर्ताले अब सुरक्षित तरिकाबाट फोटोको मेटा डाटा लोकेशनलाई हटाउन सक्नुहुनेछ । साथै यसमामा भएको प्राइभेट शेयर फङ्गशनले प्रयोगकर्तालाई पठाएको कन्टेन्ट कति समयसम्म एक्सेस गर्न दिने हो त्यो तय गर्न पनि सकिन्छ ।

डिभाइसहरुमा हाइपर फास्ट कनेक्सन सुविधा

एस२१ अल्ट्रा मा उत्कृष्ट प्रविधि जस्तै अल्ट्रा वाइडब्यान्ड तथा नयाँ कनेक्टिभिटि क्यापासिटिको प्रयोग गरिएको छ । यसले उपल्लो तहमा पुगेर सिर्जनशीलता एवं उत्पादनशीलता वृद्धि गर्न मद्दत गर्दछ ।

मूल्य, उपलब्धता 

नयाँ ग्यालेक्सी एस २१ अल्ट्रा १२/२५६ जीबीको मूल्य रु. १ लाख ५४हजार ९९९र तथा ८/२५६जीबीको एस २१ प्लासको मूल्य रु. १ लाख २९हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको एस २१को मूल्य १ लाख ९हजार ९९९रुपैयाँ छ ।

अल्ट्रा दुई वटा रंगरंगमा उपलब्ध रहेको छ भने एस २१ प्लस विभिन्न तीन रंगहरु उपलब्ध छ, त्यस्तै एस २१ दुई रंगमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment