+
+
Shares

स्रोत नखुलेको झण्डै रु. २२ लाखसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १८:१३

२६ माघ, रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु. १ सय दरका ३००, रु. ५० दरका १८००, रु. २० दरका ९०१ र रु. १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए ।मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।

पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?