Comments Add Comment

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ

२६ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको रुपन्देही अध्यक्षमा राजु गुरुङ सिफारिस भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकतापछि रुपन्देही अध्यक्षमा एमालेका शिवराज सुवेदी चयन भएका थिए ।

बुटवल उपमहानगरका मेयरसमेत रहेका सुवेदी ओली पक्षमा लागेपछि नेकपा प्रचण्ड नेपाल समूहको चार सदस्यीय केन्द्रीय सचिवालयले तत्कालीन एमालेकै गुरुङलाई जिल्ला अध्यक्षमा सिफारिस गरेको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देहीका सचिव निर्मल जिसीले गुरुङलाई केन्द्रीय सचिवालयले अध्यक्षमा सिफारिस गरेको जानकारी आएको र सर्कुलर आउन बाँकी रहेको बताए ।

अध्यक्षमा गुरुङको नाम मात्र सिफारिस भएकाले उनी अध्यक्ष बन्ने निश्चित भएको सो समूहका प्रदेश कमिटीका एक पदाधिकारीले बताए । गुरुङ तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष हुन् । उनी गत स्थानीय चुनावमा बुटवल उपमहानगरको मेयरको दावेदार थिए । तर माधव नेपाल पक्षका भएकाले उनले टिकट पाएनन् ।

बुटवल वहुमुखी क्याम्पसको पूर्व स्ववियू सभापति समेत रहेका गुरुङ युवा पंक्तिमाझ लोकप्रिय मानिन्छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि उनले बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली पक्षका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment