+
+
Shares

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न अभियुक्तलाई छाड्न वैद्य माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १४:५६

२७ माघ, काठमाडौं । पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा पक्राउ परेका ६८ वर्षीय जयबहादुर शाहीलाई छाड्न मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रतीकले उनलाई अविलम्ब, विनासर्त रिहाइ गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घोर विरोध गर्दछ र उहाँलाई अविलम्ब एवम् विनासर्त रिहाइ गर्न जोडदार माग गर्दछ ।’

जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भइ शाही फरार थिए । पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति :

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?