+
+

बालबालिकाको लागि अनलाइन कोडिङ नेपालमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १७:५६

एडमना डट नेट डिजिटल विज्ञापन प्लेटफर्मले बालबालिकाहरुको लागि अनलाइन कोडिङ कक्षाको साथै लर्न हब शुरु गरेको छ।

एडमनाले यसको नवीनतम् उत्पादन ‘लर्निङहब डट अनलाईन’ जसले बालबालिकाका लागि अनलाईन कोडिंग कक्षा समावेश गरी बजारमा ल्याएको छ। यो कोर्ष अन्र्तराष्ट्रिय विज्ञहरुले सुपरिवेक्षण गरी डिजाइन गरेको हो र कलिला दिमागका लागि उपयुक्त रहेको बताएका छन्।

पाठ्यक्रमहरु विभिन्न अवधिमा उपलब्ध छन् । ८ घण्टा, ३२ घण्टा, ६४ र ९६ घण्टा। अभिभावकहरुले यो कोर्ष अनलाइनबाट किन्न सक्छन्।

लर्नहब अनलाइन कक्षा हो र बालबालिकाहरुको खाली समय- बिहान र साँझ सञ्चालन गरिन्छ। त्यसैले विद्यालयको कक्षा जारी राखेरै सिक्न सक्दछन्।

अहिले कोडिङ कक्षा ६ वर्ष बालबालिकाहरुका लागि आर्कषक विषय भएको छ, जसले अभिभावकहरुको पनि ध्यान तानेको छ। शिक्षाविदहरुले सानै उमेरमा कोडिङ कक्षा शुरु गर्नु राम्रो रहेको बताएका छन्।

संसारभर स्कूलका विद्यार्थीहरुलाई कोडिङ सिकाउनु सामान्य भइसकेको छ। छिमेकी देश भारतका धेरै विद्यालयहरुले उनीहरुको नियमित पाठयक्रममा कोडिङ थपेका छन्।

यस्ता कक्षाहरु नेपाली पाठ्यक्रममा कमी भएको पाइएपनि बालबालिकाहरुका लागि आवश्यकता रहेको शैक्षिक संस्थाहरुले महसुस गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?