+
+

‘कोरोनाको उत्पत्ति वुहानमा नभएको हुन सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १८:४६

२७ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा अनुसन्धान गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीले कोरोनाको उत्पत्ति वुहानमा नभई अर्कै मुलुकमा भएको हुन सक्ने बताएका छन् । यसबारे यकिन भइनसकेको भए पनि अन्यत्रबाट आएको ‘फ्रोजन फुड’ को माध्यमबाट वुहानमा यो संक्रमण फैलिएको हुन सक्ने भन्दै उनीहरुले अनुसन्धान गरिरहेका छन् ।

चीनले यसअघि नै यो भाइरस फ्रोजन फुडको माध्यमबाट फैलिएको हुन सक्ने बताउँदै आएको थियो । चीनले निरन्तर फ्रोजन फुडमा भेटिएको कोरोना भाइरसको नतिजा पनि सार्वजनिक गर्दै आएको छ ।

यद्यपि डब्ल्यूएचओका वैज्ञानिक पिटर बेन इमबारकले भने टोलीको करिब एक महिना लामो अनुसन्धानको क्रममा वुहानमा फैलिएको कोरोना संक्रमणबारे कुनै नाटकीयरुपमा परिवर्तन हुने किसिमको नतिजा नफेरिएको बताएका छन् ।

उनले भने, ‘भाइरस यस्तो चिसो र जमेको वातावरणमा पनि बाँच्न सक्छ भन्ने हामीलाई थाहा छ तर हामीलाई वास्तवमा नै यो अवस्था वा अन्य कुनै अवस्थमा रहेको भाइरस मानिसमा सार्न सक्छ वा सक्दैन भन्ने थाहा छैन ।’

इमबारकले वुहानमा चमेराबाट कोरोना संक्रमण फैलिने किसिमको अवस्था पनि नरहेको बताएका छन् । उनले अनुमान गरिएभन्दा पहिला नै कोरोना संक्रमण फैलिएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएका छन् ।

इमबारकले प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको हुन सक्ने सम्भावना पनि निकै कम देखिएको र यसको लागि थप अनुसन्धानको आवश्यकता पनि नरहेको बताएका छन् । डब्ल्यूएचओको टोलीका अर्का सदस्य डोमिनिक डयेरले कोरोनाको उत्पत्तिबारे पूर्णरुपमा जानकारी पाउन अझै एक वर्ष लाग्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?