+
+

प्रेस युनियनको केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते ८:०१

२८ माघ, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रीय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ ।

शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशन काठमाडौंमा आयोजना गर्न केन्द्रीय समितिसमक्ष प्रस्ताव गरेको हो ।

बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरे पनि स्थान भने तोकेको छैन ।

अध्यक्ष दुलालले केन्द्रीय महाधिवेशनका लागि सबैलाई काठमाडौं सहज हुने र झण्डै आधा महाधिवेशन प्रतिनिधि काठमाडौं र आसपासमै रहेकाले महाधिवेशनको खर्च पनि कम हुने तर्क गरे ।

त्यस्तै, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरेका सञ्चार गृहलाई तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?