Comments Add Comment

एलिजाले फिल्म छाडेपछि नायिका खोज्दै दीपक

निर्देशक दीपक श्रेष्ठले बनाएका ‘पापी मान्छे, हिम्मत’ लगायतका चलचित्र बक्स अफिसमा सुपरहिट भए । कुनै समय दीपकका चलचित्रले बक्स अफिसमा धमाका नै मच्चाएका थिए । तर, विगत केही बर्षदेखि दीपक चलचित्र निर्देशनबाट टाढा थिए । उनै, दीपक नयाँ चलचित्र ‘घिन्ताङ’को तयारीमा छन् ।

यो चलचित्रका लागि दीपकले नायकमा गौरव पहारी र नायिकामा एलिजा गौतमलाई साइन गरिसकेका थिए । चलचित्रको छायांकन फागुणको पहिलो साताबाट सुरु गर्ने योजना उनको थियो ।

तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र नायिका एलिजा गौतमले चलचित्र छाडेकी छिन् । उनले, मंगलबार चलचित्रबाट आफू अलग भएको जानकारी निर्देशक श्रेष्ठलाई गराएकी हुन् ।

एलिजाले आफूले समय दिन नसक्ने भएपछि चलचित्र छाडेको बताइन् । उनले अनलाइनखबरसँग भनिन्–‘म क्यानडा जाँदैछु । मेरो बुबाको स्वास्थ्य अवस्था पनि विग्रिएको छ । यसैले पनि चलचित्रका लागि समय दिन सकिनँ ।’

एलिजाले चलचित्र छाडेपछि दीपक यतिबेला नायिकाको खोजीमा लागेका छन् । चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा भित्रिएकी एलिजा म्यूजिक भिडियोमा चम्किरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment