+
+
Shares

प्रदेश २ मा निजामति सेवासम्बन्धी विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १४:५०

२८ माघ, जनकपुरधाम । प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । गत ३ कात्तिकमा यो विधेयक प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएर १६ कात्तिकमा प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको विधेयक प्रमाणीकरण भएको उक्त कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको रुपमा परियार आएपछि उनले योसहित १७ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशमा जम्मा प्रमाणीकरण भएको विधेयकको संख्या भने ३९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?