Comments Add Comment

म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

२९ माघ, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब स्वान्सी सिटीलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र गाब्रीएल जेससले जिससले एक एक गोल गरे । स्वान्सीका लागि मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । तीन मिनेटपछि नै जेससले गोल गर्दा सिटीले ३-० को अग्रता बनायो ।

स्वान्सीका लागि ७७ औं मिनेटमा मोर्गनले सान्त्वना गोल गरे ।

यस जितपछि सिटीले सबै खाले प्रतियोगितामा गरी लगातार १५ खेलमा जित हात पार्ने कीर्तिमान बनाएको छ ।

सिटीले सन् १९८७-८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान तोडेको गरेको हो ।

यस्तै अन्य खेलमा लेष्टर सिटीले ब्राइटनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक खेलमा एभरटनले टोटनहमलाई ५-४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment