Comments Add Comment

कुलेन्द्र भन्छन्–‘भाइरल भएर आउनेहरुलाई नराम्रो भन्न मिल्दैन’

लोकगायक कुलेन्द्र विश्वकर्माले गीतसंगीतमा ‘भाइरल’ हुने प्रवृत्ति विगतका दिनदेखि नै रहेको बताएका छन् । अडियोको समयमा पनि ‘भाइरल’ हुन खोज्नेहरु रहेको बताउँदै उनले प्रविधिको विकास सँगसँगै ‘भाइरल’ हुने माध्यम भने फेरिएको  बताए ।

अनलाइनखबरसँगको कुराकानीमा कुलेन्द्रले भने–‘अहिले मात्र होइन, अडियोको समयमा पनि ‘भाइरल’ भन्ने हुन्थ्यो । त्यो समयमा आफ्नो गीतमा उच्छृङ्खल शब्द राखेर चर्चामा आउन खोज्नेहरु धेरै थिए । त्यतिबेला गीतका शब्दलाई लिएर धेरै विवादहरु भएको सुनिन्थ्यो ।’

कुलेन्द्रले ‘भाइरल’भएर आउनेहरुलाई नकारात्मक तरिकाले हेर्न नहुने बताए । ‘अहिले ‘भाइरल’ भएकाहरुले संघर्ष गरेर राम्रो काम गर्न आवश्यक छ । त्यसैले भाइरल हुनुलाई सकारात्मक तरिकाले नै हेर्नुपर्छ । मात्र उनीहरुले मिहिनेत र साधना गर्न आवश्यक हुन्छ’– उनले भने । ‘भाइरल’ भएर आएकाहरुलाई लामो समय टिक्नका लागि मिहिनेत, साधना जरुरी रहेको कुलेन्द्रको तर्क छ ।

कुलेन्द्रले युटुबको ट्रेन्डिङकै लागि आफूले कहिल्यै काम नगरेको र अब पनि नगर्ने दाबी गरे । उनले, दर्शक र श्रोताको लागि काम गर्न आवश्यक रहेको बताए । उनले ट्रेन्डिङमा आएकै आधारमा गीत हिट भयो भन्ने कुरा आफूलाई नलाग्ने तर त्यसलाई नराम्रो पनि भन्न नमिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment