Comments Add Comment

जब कसैमा प्रेम-भाव जाग्छ

प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् ।

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? त्यसका संकेतहरु के हुन् ?

पक्कै, जब कसैले आफुलाई पनि माया गर्छ भने त्यसका केहि संकेतहरु देखिन्छ । यस्ता संकेतका आधारमा हामीले निक्र्यौल गर्न सक्छौ कि, उसले आफुलाई कति माया गरिरहेको छ भन्ने कुरा ।

सामिप्यता खोज्ने

जसलाई हामी मन पराउँछ, उनी पनि आफ्नो नजिक हुन खोज्छ भने यसलाई ग्रिन सिग्नलको रुपमा बुझे हुन्छ ।

जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ, शारीरिक रुपमा पनि नजिकिन खोजिन्छ । उनकै आसपासमा बस्न खोजिन्छ । उसकै सामिप्यता खोजिन्छ । यसका लागि बहाना अनेक हुनसक्छ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझे हुन्छ ।

सम्पर्कमा रहन खोज्ने

जब कसैले आफुलाई पनि मन पराउँछ भने, उनी हरक्षण सम्पर्कमा रहन खोज्छन् । कुनै न कुनै बहाना गरेर बोल्न चाहन्छन् । अहिले त मोवाइल फोन, फेसबुक जस्ता माध्यामहरु छन्, जसले सम्पर्क स्थापित गर्न सहज बनाइदिएको छ ।

यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, दुखसुख सेयर गर्छ, सामान्य कुरामा पनि बातचित गर्न खोज्छ भने, बुझौं उनको मनमा आफ्नो प्रेम अंकुराउन थालेको छ ।

सहयोग गर्न तत्पर

जब कसैले चाहन्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छ । उनीहरुले यो देखाउन चाहन्छ कि तपाईको लागि उसलाई कति चिन्ता छ ।

हँसाउने प्रयास गर्ने

तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन । कहिलेकाहीँ तपाईंलाई हँसाउने चक्करमा फाल्तु जोक वा बेअर्थी कुरा पनि बोलिदिन सक्छ । तर, यस्ता कुरामा पनि तपाईं मुस्कुराईदिनुभयो भने उनी मख्ख पर्छ ।

तपाईंको रुची नै उसको रुची

तपाईंसँग प्रेममा परेपछि उसका रुचीहरु बदलिन्छन् । अब तपार्इंंको रुचीलाई नै उसले आफ्नो रुची सम्झिन्छ । तपाईंलाई मन पर्ने गीत, फिल्म, किताब अब उसलाई पनि मन पर्न थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment