Comments Add Comment

अधर-चुम्बन र यसको रोचक कथा

जब हामी कसैलाई चुम्बन गर्छौं, तब एक चुम्बनको क्रममा करीब ८ करोड ब्याक्टेरिया आदन–प्रदान हुन्छ । यसमा सबै ब्याक्टेरिया हानी पु¥याउने मात्र हुँदैन ।’

रोमान्टिक जीवनमा चुम्बनको महत्वपूर्ण भूमिका हुने भन्दै त्यहाँ लेखिएको छ, ‘पश्चिमी समाजमा चुम्बन गर्नु सामान्य मानिन्छ । उनीहरुले यसलाई विश्वभरका लागि सामान्य व्यवहार ठान्छन् । तर, नयाँ अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ ।

चुम्बन गर्ने व्यवहारको चलन के हो ? यदि यो उपयोगी हुँदो हो त सबै जनवारले पनि गर्नुपथ्र्यो, किन मान्छेले मात्र गर्छन् ?

एक नयाँ अध्ययन अनुसार १ सय ६८ संस्कृतिको अध्ययन गरियो, जसमा केवल ४६ प्रतिशत संस्कृतिमा मात्र मानिसहरु रोमान्टिक पलमा आफ्ना साथीलाई चुम्बन गर्छन् ।

पहिले यस्तो अनुमान गरिन्थ्यो कि, ८० प्रतिशत संस्कृतिमा मानिसहरु रोमान्सको पलमा आफ्ना साथीलाई चुम्बन गर्छन् । तर, यो सही होइन ।

यस अध्ययनमा केवल लिप किस, अर्थात अधर चुम्बनबारे मात्र अध्ययन गरिएको थियो । आमाबुवाले आफ्ना बच्चालाई जुन चुम्बन गर्छन्, त्यसलाई यहाँ सामेल गरिएको छैन । अर्थात वैंशालु जोडीले गर्ने चुम्बनलाई मात्र यहाँ सामेल गरिएको हो ।

आदिम समुदायमा मानिसहरुले चुम्बन गरेको प्रमाण पाइदैन । ब्राजीलका मेहिनाकु जनजातिय समुदायले यसलाई अशिष्टता मान्ने गर्छन् । यस अध्ययन दलका प्रमुख र लस भेगास युनिभर्सिटीका प्रोफेसर विलियम जानकोवायकका अनुसार यो सबै मानवको स्वभाव होइन ।

प्रोफेसर विलियम जानकोवायकका अनुसार चुम्बन गर्नु पश्चिमी समुदायको देन हो, जो एक पिढींबाट अर्को पिढींमा आएको हो । उनको भनाईलाई सत्य मान्ने केही ऐतिहासिक कारण पनि छ ।

बेलायतका युनिभर्सिटी अफ अक्सफोर्डका प्रोफेसर राफेल वलोडारस्की भन्छन्, चुम्बन गर्नु अहिलेको चलन हो ।

त्यसो त चुम्बन जस्तै कुनै क्रियाको पुरानो उदाहरण हिन्दुको वैदिक संस्कृतिमा पनि पाइन्छ, जो आजभन्दा ३५ सय बर्ष पुरानो हो ।

त्यसैगरी मिश्रको प्राचिन संस्कृतिमा चुम्बन गर्नुको साटो मानिसहरु एकअर्काको अंगालोमा बाँधिएर नजिक आउँथे ।

अब प्रश्न उठ्छ कि, हामी प्राकृतिक रुपमै चुम्बन गर्ने भयौं ? कि यो आधुनिक सभ्यताको खोज हो ?

मानव समुदायको सबैभन्दा निकटको सम्बन्ध चिम्पान्जीसँग छ ।

जर्जिया, अटलान्टास्थित एमरी युनिभर्सिटीका जीव विज्ञानी फ्रान्स डि वालका अनुसार चिम्पान्जी एकअर्कासँग लडाई झगडा गरिसकेपछि एकअर्कासँग चुम्बन गर्छ र हग अर्थात अंकमाल गर्छ ।

तर, चिम्पान्जीले गर्ने चुम्बनसँग रोमान्सको कुनै लेनदेन छैन ।

चिम्पान्जीकै एक प्रजाति बोनोवोका एक सदस्य मौका पाउनसाथ चुम्बन गर्छ । चुम्बनमा अक्सर जिब्रोको प्रयोग गर्छन् ।

बोनोबो यौनको मामलामा पनि धेरै सक्रिय हुन्छ । जब दुई व्यक्ति भेट हुन्छन्, तब आपसमा हात मिलाउँछन् । जब दुई बोनोबो मिल्छ, तब सेक्स गर्न थाल्छन् । तर, उनीहरुले गर्ने चुम्बनको प्रवृत्तिसच्ँग पनि रोमान्सको कुनै लेनदेन छैन ।

यी दुबै जीव यस सन्दर्भमा अपवाद हुन् । अरु जीवमा पनि चुम्बनको चलन छैन ।

सन् २०१३ मा वलोडारस्कीले चुम्बनको प्रवृत्तिमाथि अध्ययन गरेका थिए । उनले सैयौं व्यक्तिलाई सोधेका थिए कि, चुम्बन गरिरहेको समयमा उनीहरुलाई के कुरा विशेष लाग्छ ?

जवाफबाट थाहा भएको थियो कि, एकअर्काको शरीरको सुगन्धले उनीहरुलाई थप आकर्षित गर्छ । चुम्बनको क्रममा उनीहरु शरीरको सुगन्ध लिइरहेका हुन्छन् ।

वास्तवमा चुम्बन भनेको एकआपसमा नजिक हुने मेलो नै हो । तर, यसको सुरुवात कहिले भयो ? यसबारे भने थाहा हुन सकेको छैन ।

बीबीसीबाट भावनुवाद  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment