
२९ माघ, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटनको मुद्दामा संविधानले कसैको शक्ति प्रदर्शन नहेरि संविधान अनुसार फैसला दिनुपर्ने बताएका छन् ।
बिहीबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतले ठीक ढंगले बोले व्यवस्था जोगिने बताए । ‘व्यवस्था जोगियो भने नेपाली जनताको भविष्य जोगिन्छ, हामीले पल्टाउने संविधान र अदालतले पल्टाउने संविधान एउटै हो’ उनले भने ।
नेता थापाले अदालतले नारायणहिटी दरबार संग्रहालय र भृकुटीमण्डपमा गरिएका नेकपाका दुई समूहका ठूला सभाको गर्जन सुन्न आवश्यक नभएको पनि बताए । ‘नारायणहिटी अगाडिबाट ओलीको गर्जन र हिजोको गर्जन नसुन्नुहोस्’ उनले भने, ‘अदालतले संविधानको धारा पढोस् कानुनको साँघुरो किल्लाबाट न्यायको हत्या नहोस् ।’
भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने पनि बताए ।
प्रतिक्रिया 4