+
+
Shares

रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर : कांग्रेस प्रवक्ता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १७:२३

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसले राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले पछिल्लो समय नेपाली राजनीतिमा उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खला नै चलेको बताएका छन् । ‘खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट ब्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै छैनन्’ शर्माले भनेका छन् । शर्माले संयमपूर्वक समाधान पहिल्याउन  र नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?