Comments Add Comment

रुपन्देही सुपर लिगमा गोलपार्क क्रिकेट क्लब विजयी

२९ माघ, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले बुटवल युथलाई ६६ रनले पारजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको गोलपार्कले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । जसमा रिक्की पुनले ४५, विनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे । बलिङमा बुटवल युथका बिनित पौडेलले चार, सन्तोष परियार र सुजन गौतमले समान दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गर्न आएको बुटवल युथले मात्र एक सय ४१ रन बनाउन सक्यो । ३३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै ६६ रनको हार ब्यहोरेको हो । उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र बिनित पौडेलले २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

बुटवल युथलाई सस्तैमा रोक्न १० ओभर बलिङ गरेका जीवन पुनले २ मेर्डन राख्दै १५ रन खर्चेर पाँच विकेट लिए । यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुबेदी र बिनोद रनपालले समान एक÷एक विकेट लिए । म्यान अफ दी म्याच जीवन पुन घोषित भए । शुक्रबार सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment