Comments Add Comment

धेरै भोक लाग्ने समस्या : धेरै खाँदैमा मोटाइँदैन

धेरै भोक लाग्ने समस्यालाई मेडिकल भाषामा पोलिफेजिया या हाइपरफेजिया भन्ने गरिन्छ । कुनैपनि व्यक्तिको शरीरमा ऊर्जा प्राप्त गर्नको लागि भोजनको आवश्यकता पर्ने गर्छ । यसको लागि यदि तपाईं केही घण्टासम्म भोजन लिनुहुन्न भने त्यस्तो अवस्थामा भोकको महसुस गर्ने गरिन्छ । यस्तो अवस्था सिर्जना भएको छ भने तपाईंको शरीरमा स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन भन्न पनि सकिन्छ ।

एक्सरसाइज गर्ने या अन्य शारीरिक गतिविधिहरू गरेपछि अधिक भोक लाग्नु आमविषय हुन सक्छ । तर यदि तपाईंमा लामो समयदेखि धेरै भोक लाग्ने समस्या छ भने यो कुनै गम्भीर रोगको लक्षण हुन सक्छ । जस्तो डायबिटिज र हाइपोथाइरायडिज्महरु यसको लक्षणको रुपमा मान्न सकिन्छ । केही मामलामा धेरै भोक लाग्ने समस्या केही भावनात्मक वा मानसिक रोगसम्बन्धी स्थितिहरूमा समेत हुन सक्छ । जस्तो तनाव, चिन्ता या डिप्रेसनको कारण अधिक भोक लाग्नु । पोलिफेजियाको सबैभन्दा मुख्य लक्षण अत्यधिक भोक लाग्ने गर्छ । जो अधिक मात्रामा भोजन गर्ने र सामान्यभन्दा धेरै पटक भोजन गर्नुले पनि यो समस्या शान्त हुँदैन ।

धेरै भोक लाग्नु के हो ?

जब कुनै व्यक्तिलाई सामान्यभन्दा धेरै भोक लाग्नथाल्यो भने यस स्थितिलाई मेडिकल भाषामा पोलिफेजिया भन्ने गरिन्छ । पोलिफेजियाबाट ग्रस्त व्यक्तिहरु अत्यधिक मात्रामा भोजन खान लाग्छन् । कुनै कुनै समयमा धेरै भोक लाग्ने समस्या लामो समयसम्म चल्छ र बारम्बार दोहोरिरहन पनि सक्छ । धेरै खाँदैमा हरेक समय व्यक्तिको वजन बढ्छ भन्न सक्ने अवस्था छैन ।

ज्यादा भोक लाग्ने समस्याको लक्षण

सामान्यभन्दा धेरै भोक लाग्नु नै आफैँमा एक किसिमको लक्षण हो । जबकि पोलिफेजियाको साथ केही अन्य लक्षण समेत देख्न सकिन्छ । जुन यसको कारण बन्नेवाला स्थितिका अनुसार नै पैदा हुने गर्छ ।

मधुमेहको कारणः

– शरीरको वजन कम हुनुु र जसको कारण थाहा नहुनु

– आँखाले ठीकसँग देख्न नसक्नु

– अत्यधिक प्यास लाग्नु

– बारम्बार पिसाब लाग्नु

– शरीरमा लागेको चोट वा नील डाम ठीक हुन धेरै समय लाग्छ

– हात वा खुट्टामा दुखाइ वा झुनझुनी हुनु

– थकानको महसुस हुनु

हाइपोग्लाइसिमियाको कारणः

– चिन्ता

– यस्तो महसुस हुनु जसरी तपाईंको हृदयको बीचबीचमा धड्कन बन्द गरिदिन्छ ।

– छाला पहेँलो बन्नु

– शरीर र हात काप्नु

– ज्यादा पसिना आउनु

– अनुहारको आसपास झम्झमाउनु

कम सुत्नुको कारण

– मुडमा बदलाव आउनु

– लापरबाही

– सचेत रहन नसक्नु वा चञ्चल भइरहनु

– अधिक दुर्घटना

– शरीरको वजन बढ्नु ।

तनावका कारण

– व्यक्तिमा अचानक अत्यधिक क्रोधको विकास हुनु

– थकानको महसुस हुनु

– टाउकोको दुखाइ

– निद्रासम्बन्धी समस्याहरू हुनु

धेरै भोक लाग्नुको जोखिम

भोक अधिक लाग्नु एक सामान्य मानसिक प्रतिक्रिया हुन सक्छ । जुन केही विशेष स्थितिमा हुन सक्छ । यसमा केही स्थितिहरु सामेल छन् । जस्तो कि बच्चा वा किशोरावस्था जसमा शरीर विकसित भइरहेको हुन्छ या अधिक शारीरिक मेहनत गर्नेवाला मान्छे नै किन नहोस् । केही मामलामा धेरै भोक लाग्ने मान्छेमा असाधारण स्थितिको संकेत समेत मिल्ने गर्छ ।

धेरै भोक लाग्नुको निम्न कारण हुन सक्छ ।

डायबिटिज मेलिस – यस कारण अन्तर्गत् शरीरमा रहेको क्यालोरी(ऊर्जा) यही समस्याका कारण पिसाबको साथ शरीरबाट बाहिर जाने गर्छ । यस स्थितिको कारण बिरामीलाई धेरै भोक लाग्न थाल्छ र यो शरीरमा क्यालोरीको मात्रालाई पूरा गर्नको लागि अधिक मात्रामा खाना खान लागिन्छ ।

ठीकसँग सुत्न नपाउनु – जब शरीरलाई पर्याप्त निद्रा पुगेन भने मान्छे त्यो हर्माेनको स्तरलाई नियन्त्रणमा राख्न सक्दैनन् जसले भोकलाई नियमित स्थितिमा राख्नेगर्छ । यस स्थितिमा अत्यधिक भोक लाग्नुका अलावा तपाईं यस्तो भोजनलाई अधिक मात्रामा खाने गर्छन् । जसमा क्यालोरीको मात्रा अधिक हुने गर्छ ।

तनाव – लगातार अधिक तनाव भइरहनु समेत भोक बढाउने कारणहरूमध्ये एक हुन सक्छ । लगातारको तनावमा रहनुले कोर्टिसोल हार्माेनको स्तर उच्च हुन्छ । जसको कारणले अधिक भोक लाग्ने गर्छ ।

ज्यादा भोक लाग्ने समस्याको रोकथाम

धेरै भोक लाग्नुको एक लक्षण हुन्छ र यसको रोकथाम गर्नको लागि यसको कारण बन्ने आन्तरिक स्थितिलाई रोक्नुपर्ने हुन्छ ।  प्रायःजसो निम्न विषयलाई ध्यान राखेर यसको लक्षणलाई नियन्त्रणमा राख्न सकिन्छ । जस्तै– यस्तो आहार नखानुहोस् जसमा गुलियो पदार्थ वा रिफाइण्ड कार्बाेहाइड्रेड आदि पर्छन् ।

– नियमित रुपले एक्सरसाइज गर्नुहोस्

– धुम्रपान छोड्दिनुहोस्

–गुलियो पेय पदार्थ नपिउनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment