Comments Add Comment

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

३० माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने भएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षकमा प्रदेश स्तरीय कविता प्रतियोगिता हुने बताए ।

त्यस्तै प्रदेश राजधानी र जिल्ला सदरमुकामहरुमा रक्तदान, २ गते नै सबै मन्त्रालय, कार्यालय, राप्ती उपत्यका (देउखुरी), जिल्ला सदरमुकाम र सबै स्थानिय तहहरुमा सरसफाइ कार्यक्रम गरिने पनि पन्थले बताए । २ गते नै प्रदेशस्थित सबै सरकारी, सामुदायिक संघसंस्था, वित्तीय संघसंस्थाहरुको कार्यालयमा दिपावली गरिने छ ।

त्यस्तै ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफुलका विरुवा रोप्ने कार्यक्रम समेत तय भएको छ । स्थापना दिवस मूल समारोहमा प्रदेश सरकारले वितरण गर्दै आएको विभिन्न पदक पनि प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment