Comments Add Comment

नेकपा फुटेको छैन : विष्णु पौडेल

१ फागुन, बुटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् ।

ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको उपस्थितिले के पुष्टि गर्दैछ भने नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् ।’

महासचिव पौडेलले भने, ‘फुट्न जनताले दिँदैनन् । केपी ओलीको पक्षमा जनमत छ भन्ने जनसभाहरुले पुष्टि गरिरहेका छन् ।’

केपी ओलीको नेतृत्वमा हामीले संविधान निर्माण गरेको बताउँदै पौडेलले संसारका संविधानसँग तुलना गर्दा नेपालको संविधान लोकतान्त्रिक र अग्रगामी रहेको बताए । उनले भने, ‘यो संविधान निर्माणको अगुवाई कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो ।’

प्रचण्ड माधव समूहले केपी ओलीलाई सरकारबाट अपदस्त गर्न खोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment