Comments Add Comment

भागरथी हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री

१ फागुन, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।

नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’

उनले अघि भने, ‘२/४ दिन भाग्लान, एक वर्ष उम्किएलान् । एक वर्ष थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्ने बाला छैन । पुराकापुरा सजाय गरेर छोड्ने छौं ।’

प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment