+
+
Shares

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १३:२८

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो ।

तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे ।

महामन्त्री दीपक भट्टराईले यस्ता घटना दोहोरिरहेको तर सरकारले कारबाही नगरेको आरोप लगाए । ‘बारम्बार बलात्कार र हत्याका घटनाहरु दोहोरिरहेका छन्, सरकार कसैलाई कारबाही गर्दैन,’ उनले भने, ‘अपराधी खोज्न कतै जान पर्दैन केपीका आमसभामा नारा लाइरहेका भेटिन्छन् ।’

विद्यालयबाट घर फर्केकी भागरथीको स्थानीय जङ्गलमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनामा संलग्नको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?