+
+

सेयर बजार राताम्मे, नेप्से परिसूचक ३३ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १५:१२

२ फागुन, काठमाडौं । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ । म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९्३१ प्रतिशतले ओरालो लागेकोको छ । केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु धेरै देखिएका छन् । यो समूहको सब इन्डेक् १ दशमलव ८३ अंकले ओरालो लागेको छ । धेरै गुमाउनेको पहिलो नम्बरमा सपोर्ट माइक्रोफाइनान्स देखिएको छ । जसको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । दोस्रोमा स्वाभिमान लघुवित्तको सेयर मूल्य धेरै घटेको छ ।

धेरै कमाउनेहरुमा भने आइतबारबाट मात्रै कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ । कारोबार शुरु भएकै दिन निफ्राको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?