२ फागुन, काठमाडौ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड १३४ रनमा अलआउट भएको छ ।
चेन्नइमा भइरहेको टेष्टको दोस्रो दिन आइतबार रविचन्द्रन आश्विनले ५ विकेट लिएपछि इंग्ल्यान्ड ५९.५ ओभरमै कम स्कोरमा अलआउट भएको हो ।
इंग्ल्यान्डका लागि विकेटकिपर बेन फोएक्सले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
इंग्ल्यान्डलाई अलआउट गर्न भारतका रविचन्द्रन आश्विनले २३.५ ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै ४३ रन खर्चेर ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २/२ विकेट लिए । मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि भारत पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो। जसमा ओपनर रोहित शर्माले १६१ रन बनाए । यस्तै अजिन्का रहानेले ६७ रन जोडे ।
दोस्रो दिन भारतले ३००-६ बाट खेल अघि बढाएको थियो । थप २९ रन जोड्ने क्रममा भारतले ४ विकेट गुमायो। ऋषभ पन्त ५८ रनमा अविजित रहे ।
इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । यस्तै ओली स्टोनले ३, ज्याक लिचले २ र कप्तान जो रुटले १ विकेट लिए ।
पहिलो इनिङ्समा १९५ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्सको ब्याटिङ सुरु गरिसकेको छ ।
चार खेलको सिरिजअन्तर्गत इंग्ल्यान्डले पहिलो टेष्टमा भारतलाई २२७ रनले पराजित गर्दै १-० को अग्रता बनाएको छ ।
प्रतिक्रिया 4