+
+

केपी ओली होइन, विधिको शासन आई लभ यू !

शंकर गिरी शंकर गिरी
२०७७ फागुन २ गते १८:२८

२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीको इन्द्रेणी विभागको आयोजनामा आइतबार पाटन दरबार क्षेत्रमा भ्यालेन्टाइन डे मनाइएको छ ।

विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए ।

उनीहरुले केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, शब्द एउटै छ माया तर पनि महशुस अलग अलगै हुन्छ, मायाको कुनै रुपरंग हुँदैन लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

राज्य सञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै उनीहरुले भ्यालेन्टाइन डे मनाएका हुन् । उनीहरुले लैंगिक समानता र माया गर्ने स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?