+
+
Shares

मिर्गौला रोगी ठकुरीलाई झापाली समाज माल्टाको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते ७:०६

३ फागुन, झापा। वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौला रोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिइन् ।

झापा जिल्ला हल्दिवारी – ३ निवासी मिर्गौला रोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित ९० हजार रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताइन् ।

फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउत र एलआर पौडेलले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझ्दै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?