+
+
Shares

मापदण्ड मिचेर कोरोना खोप लगाएपछि पेरुकी विदेशमन्त्रीको पद गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १२:२५

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मापदण्ड मिचेर लगाएको कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे राजीनामा दिन बाध्य भएकी छिन् ।

आइतबार उनले आफूले मुलुकमा सरकारी खोप कार्यक्रम सुरु हुनुभन्दा पहिला नै कोरोना खोप लगाएको स्वीकार गरेकी थिइन् । उनले आफूले खोपको परीक्षण सकिएपछि चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप लगाएको बताएकी थिइन् ।

यसअघि राष्ट्रपति फ्रेन्सिस्को सागस्तीले स्वास्थ्यमन्त्री पिलार माजेटीको राजीनामा पनि स्वीकार गरेका थिए । पूर्व राष्ट्रपति मार्टिन भिज्काराले मापदण्ड मिचेर समयभन्दा पहिला नै कोरोना खोप लिएकोमा विवाद उत्पन्न भएको थियो । यसै विषयमा विवाद उत्पन्न भएसँगै स्वास्थ्यमन्त्री माजेटीले राजीनामा दिएका थिए ।

गत नोभेम्बरमा भिज्काराले आफूलाई भ्रष्टाचारको आरोप लागेसँगै पदबाट राजीनामा दिएका थिए । भिज्काराले आफूले कोरोना खोपको परीक्षणको क्रममा स्वयंसेवकको रुपमा खोप लिएको दाबी गरेका छन् । यद्यपि स्थानीय सञ्चारमाध्यमहरुले भने उनको दाबीमा प्रश्न उठाएका थिए ।

विदेशमन्त्री एस्टेटेले गत वर्ष नोभेम्बरमा आफ्नो पद सम्हालेकी थिइन् । राजीनामा दिएसँगै उनले आफूले जनवरी २२ मा कोरोना खोप लिएको स्वीकार गरेकी हुन् । उनले यो आफ्नो गल्ती भएको भन्दै आफूले त्यसको दोस्रो डोज नलिएको बताएकी छिन् ।

पेरुले जनवरीको सुरुमा सिनोफर्मसँग कोरोनाको तीन करोड ८० लाख डोज कोरोना खोप खरिद गर्ने घोषणा गरेको थियो । एक साताअघि मात्रै सिनोफर्मको तीन लाख डोज खोप पेरुले पाएको छ । यससँगै गत मंगलबारदेखि पेरुमा कोरोना खोप कार्यक्रम सुरु भएको छ ।

सरकारी तथ्यांकअनुसार पेरुमा कोरोनाबाट ४४ हजार मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?