Comments Add Comment

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर

३ फागुन, काठमाडौँं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरिएको छ ।

कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ । गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै आइरहेको छ । ग्राहकहरूको मन जित्न सफल क्लासिक टेकले गुणस्तरीय सेवाको साथै ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेज हरूको घोषणा गर्दै आइरहेको छ ।

उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दावी छ । यस्तो उत्कृष्ट प्याकेज तथा अफरहरूले ग्राहक हरूलाई थप आर्थिक लाभ मिल्नेछ । कम्पनीले नया अफरमा रू.७९९ प्रति महिनामा २० एमबीपीएसको स्पिडको सेवा दिने भएको छ । जसमा ग्राहकले इन्टरनेट र आईपीटीभी टिभीको १५० ओटा च्यानलहरू निःशुल्क प्राप्त गर्नेछन् ।

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–सानो वस्ती तथा गाउँमा पनि इन्टरनेट पुर्याउने हुनाले यो अफर अन्तर्गत ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन् । सस्तो र २० एमबीपीएसमा उच्च स्पिड इन्टरनेटको प्याकेज निकालेको हो । यस अफर अन्तर्गत ग्राहकहरूले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउने छन् ।

कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनय कुमार अधिकारी भन्छन् “यति सस्तो अर्थात ७९९ रुपैयाँमा २० एमबीपीएसको उच्च स्पिड इन्टरनेट सेवा नेपाल अधिराज्यभरीको सबै ग्राहकले उपयोग गर्न सक्नेछन् । अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment