Comments Add Comment

एनआरएनएले सुरु गर्‍यो नि:शुल्क टेली हेल्थ सेवा

४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो ।

टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले जनाएको छ ।

यो टेली हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन् । मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसिएन, फिजियोथेरापिस्ट, दन्त चिकित्सकलगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले परामर्श दिनेछन् ।

यसका साथै मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायू रोग विशेषज्ञ र छारे रोग (एपिलेप्सी)का विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूबाट समेत सेवा लिन सकिनेछ ।

सेवा कसरी लिने ?

यो सेवा प्राप्त गर्नका लागि मोबाइलमा भाइबर, वाट्एपमार्फत टेली हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ ।

सेवा लिनका लागि नेपाल बाहिर भए ९७४-५५५-६५३२० वा ९७७ ९८०-२३१ -४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०-२३१ -४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ ।

साथै, इमेल [email protected] मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ । यो सेवा लिएबापत शुल्क लाग्ने छैन । यसमा आपतकालीन सेवा भने उपलब्ध हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment