Comments Add Comment

चेल्सी चौथो स्थानमा उक्लियो

४ फागुन, काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सीले लिभरपुललाई अंकतालिकामा पछि पारेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरुड र टिमो वेर्नरले पहिलो हाफमा गोल गरे । जिरुडले ३१औं र वेर्नरले ३९औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सीले २४ खेलबाट ४२ अंक जोडेको छ । शेफिल्डलाई ३-० ले पराजित गर्दै चेल्सी समान ४२ अंक नै जोडेको वेष्टहम गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ ।

वेष्टहमका लागि डेक्लान राइस, इशा डिओप र राएन फ्रेडेरिक्सले एक एक गोल गरे ।

समान खेलबाट ४० अंक रहेको साविक विजेता लिभरपुल छैटौं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment