Comments Add Comment

टाङ्ग्रा चाइनिज : चिनिया र भारतिय स्वादको संयोजन

चीनबाट कामको सिलसिलामा भारतको कोलकोता पुगेका चिनियाँहरु को परिकार हो, टाङ्ग्रा । पछि यो खान्की कोलकोताको परिकारसँग फ्युजन गरिए, जो स्थानियवासीमाझ औधी लोकप्रिय भयो । कोलकोतामा बसोबास गर्ने चिनियाहरुको विशेष परिकार टाङ्ग्रा चाइनिज अहिले बबरमहलको वावर्ची : द रेष्ट्रो एन्ड बारले उपलब्ध गराउँदै आएको छ ।

जसरी उत्तरबाट चाउमिन, मम, थुक्पा हुँदै लाफिङसम्म नेपाली मेनुमा थपिएका छन्, ठीक त्यसैगरी इड्ली डोसा, काटी रोल, बिरयानीदेखि पानीपुरीसम्म दक्षिणबाट आएका छन् । अर्थात चीन–तिब्बत क्षेत्रका खान्कीदेखि भारतिय परिकारसम्म अब यही उपलब्ध छ ।

हरेक खानेकुरा कुनै भूगोल विशेष हुन्छन् । त्यहाँको माटो, हावापानी, रहनसहन, संस्कृति, समुदाय अनुरुप खानेकुरा बनाइएको हुन्छ । यस्ता रैथाने परिकार त्यहाँको उत्पादन र हावापानी सुहाउँदो त हुन्छ नै, त्यसले फरक भूगोलको समुदायको जिब्रो पनि लोभ्याइदिन्छ ।

अतः त्यसरी कुनै भूगोलमा निश्चित समुदाय विशेषको खान्की क्रमस फैलदै जान्छ । अरु समुदायले पनि त्यसको स्वाद रुचाउन थाल्छन् । क्रमस उक्त खानेकुरा अर्को भूगोल र परिवेशमा विस्तार हुँदै जान्छ ।

यसरी कैयौं खानेकुरा हामीकहाँ आइपुगेको छ । उच्च हिमाली भेगमा खाइने तात्तातो झोलिलो परिकारदेखि मध्य तराईमा बनाइने सितल वा चिसो खानेकुरासम्म आपसमा आदन–प्रदान हुन्छ । यसरी तराईको खाना हिमालमा पुग्छ, पहाडको खाना तराईमा ।

जस्तो, मःम । काठमाडौंमा सबैभन्दा बढी रुचाइने परिकार हो यो । यद्यपी मःम काठमाडौंको परिकार होइन । न नेपाली भूगोल र समूदायको खान्की नै हो । यो तिब्बतबाट काठमाडौं भित्रिएको हो । भनिन्छ, व्यापारको सिलसिलामा काठमाडौंबाट तिब्बत पुगेका नेवारी व्यवसायीले काठमाडौंमा मःम भित्र्याएका हुन् ।

तर, तिब्बतबाट काठमाडौंसम्म आइपुग्दा मःमको स्वाद, आकार–प्रकारमा केही परिवर्तन भएको बताइन्छ । अहिले त मःम अनेकन फ्लेबर र आकारमा आउन थालेको छ । यसरी कुनै भूगोल विशेषमा तयार भएको खानेकुरा अर्को भूगोलमा आइपुग्दा केही स्वरुप परिवर्तन हुन्छ । साथसाथै स्वाद पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment